३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नगरपालिका फोरमले भन्यो, ‘उपत्यका विकास प्राधिकरण खारेज गर ।’


प्रकाशित: विहिवार, २६ बैशाख २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । स्थानीय अधिकारको पटक – पटक हस्तक्षेप भएको भन्दै उपत्यका नगरपालिका फोरमले उपत्यका विकास प्राधिकरण खारेजीको माग गरेको छ । 


ललितपुरमा बुधवार बसेको फोरमको चौथो विस्तारित बैठकमा उपत्यका विकास प्राधिकरण खारेजीको माग उठेको हो । संघीय संरचना कार्यान्वयनमैं वाधा पुग्ने प्रकृतिको संस्थाको देखिएकोले प्राधिकरणको खारेजीका लागि नेपाल सरकारलाई अनुरोध गरिने जनाएको छ । 


प्राधिकरण वि.स. २०४५ सालमा स्थापनाको विषयमा यस अघि पनि काठमाडौं महानगरपालिकाले लागु गरेको भवन निर्माण मापदण्डको विषयमा प्राधिकरणले हस्तक्षेप गरेपछि प्राधिकरण खारेजीको माग चर्को रुपमा उठेको थियो । 


केही समय अघि ‘शिक्षा बिकास तथा समन्वय एकाई’ ले गरेका निर्णयले स्थानीय सरकार माथि हस्तक्षेप भएकोमा विषयमा बुधवारको बैठकमा बृहत छलफल भएको छ । 


फोरमले सो एकाईमार्फत हुने कार्यलाई पूर्ण अस्वीकार गर्ने निर्णय समेत गरेको छ । 


फोरमका संयोजक एवं काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको सो बैठकले ‘आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थापन’ सम्बन्धि प्रस्ताबमाथि छलफल गर्दै एकाइका निर्णय अस्वीकार गर्ने र उक्त एकाईलाई यथाशिघ्र खारेजीको माग गर्ने निर्णय गरेको छ ।


स्थानीय सरकारको प्रतिकुल सो निर्णय भएको भन्दै सो निर्णय कार्यन्वयन गर्न नगरपालिका बाध्य हुने छैन भनिएको छ । 


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ९२० को खण्ड ‘ज’ मा आधारभूत र माध्यमिक शिक्षाको स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन समेतको पूर्ण अधिकार स्थानीय सरकारको कार्यक्षेत्रमा राखिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex