३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नगरपालिकाको गाडीमा आगजनी


प्रकाशित: बुधवार, १ जेठ २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । आछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले गए राती आगजनी गरेको छ । 


प्रहरीका अनुसार नगरपालिकाको पार्किङ गरि राखेको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी गरिएको हो । 


आगजानीबाट गाडी पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले बताएको छ ।  नगरपालिकाले सो गाडी रु एक करोड २० लाखमा खरीद गरेको थियो । प्रहरी आगजानी गर्ने समूहलाई तिव्र रुपमा खोजी कार्य अघि बढाएको प्रहरीको भनाई छ ।


सो गाडी  नगरप्रमुख पदमबहादुर बोहराले प्रयोग गर्दै आईरहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex