५ भाद्र २०८३, शुक्रबार
Header

नगरपालिकाको गाडीमा आगजनी


प्रकाशित: आईतबार, २ मंसिर २०७५, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । अज्ञात समुहले जुम्लाको चन्दनाथ नगरपालिकाको गाडी गएराती जलाएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यलय जुम्लाका अनुसार नगरपालिकाको प्राङ्गणमा राखिएको क.झ १ नंको गाडी राति एक बजे जलाएको हो । 


नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाई होहल्ला गरेपछि सबै जम्मा भएर आगो निभाउने प्रयास गरेको थियो  ।  गाडीको माथिल्लो भाग पुरै जलेको छ । 


जलेको गाडी रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले बताए । नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex