२ भाद्र २०८३, मंगलबार
Header

नगरकोटमा अतिक्रमित टहरा भत्काईयो


प्रकाशित: आईतबार, १९ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । पर्यटकीय क्षेत्र नगरकोटमा अतिक्रमित टहरा डोजर लगाई भत्काएको छ । 


चाँगुनारायण नगरपालिकाले आईतबारबाट अतिक्रमित सबै घरटहरा भत्काउन शुरु गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । 


सरकारी तथा सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका २० वटा घर टहराहरु डोजर लगाएर भत्काइएको हो । 


नगरपालिकाले सुचना जारी पटक पटक घरटहरा तथा छाप्रा हटाउन सार्वजनिक सूचना गर्दासमेत अटेर गरेपटि हटाउको नगर प्रमुख मिश्रको भनाई छ ।


उनले जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, चाँगुनारायण नगरपालिका र जिल्लास्थित सुरक्षा निकायको संयुक्त प्रयासमा अतिक्रमित घरटहरा भत्काउन शुरु गरिएको बताए । 


वडा नं ६ नगरकोटस्थित सनसेट भ्यू प्वाइण्ट, गड्गडे बसपार्क क्षेत्र र कुसुम सामुदायिक वन क्षेत्रमा सामुदायिक तथा सरकारी जग्गा अतिक्रमण गरी ती टहराहरु निर्माण गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex