२२ बैशाख २०८१, शनिबार
Header

नगद पुरस्कर सहित चित्रकला प्रतियोगिताका बिजयीहरुलाई सम्मान


प्रकाशित: आइतवार, ७ असोज २०८०, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । ४४ औं विश्व पर्यटन दिवस–२०२३ को अवसरमा हुनुमानढोका परिसरमा शनिवार आयोजित चित्रकला प्रतियोगितका बिजयीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।


नेपाल सम्पदा सङ्घ र काठमाडौँ महानगरको सहकार्यमा ‘सम्पदा’ शीर्षकमा आयोजित चित्रकला प्रतियोगिताका विजयी छात्र–छात्रालाई पुरस्कृत गरिएको हो । 


चित्रकला प्रतियोगितामा पहिलो हुने एसओएस पाठशालाका आयुषा सुनुवारलाई नगद दशहजार रूपियाँसहित पुरस्कृत गरिएको हो । 


त्यसैगरी, दोस्रो, तेस्रो स्थान हासिल गर्नुभएका  क्रमशः पाठशाला स्कुलका मोनिक श्रेष्ठ, जगतसुन्दर व्यनेकुथीका युरिना महर्जनलाई सातहजार रूपियाँ, पाँचहजार रूपियाँ नगद पुरस्कार प्रदान गरिएको छ । 


साथै सान्त्वना पुरस्कार पाउनुहुने शान्ति विद्यागृहका शान्ति भुजेल र पाठशाला स्कुलका वैभवी श्रेष्ठलाई जनही दुई/दुई हजार रूपियाँ प्रदान गरिएको हो । 


सो अवसरमा नेपाल सम्पदा सङ्घका अध्यक्ष अम्बिका श्रेष्ठले पुर्खाले शताब्दीऔं अगाडि बनाएर छोडेको सम्पदाको संरक्षण प्रवद्र्धन गर्दै आजको पुस्ताले त्यसप्रति गौरव गर्न पाएको बताईन ।

 
सो चित्रकला प्रतियोगिताको निर्णायक मण्डलमा प्राज्ञ सुष्मा राजभण्डारी, रत्न शाक्य र डा.पुर्ण राज्यलक्ष्मी राणा रहेकी थिइन ।  


सङ्घका महासचिव प्रकाश दर्नालले विश्व पर्यटन दिवसको अवसरमा सङ्घले चित्रकला प्रतियोगिता, पाटनढोका र ठमेलमा सम्पदा यात्रा र सम्पदा चित्र कार्यशालालगायतका साताव्यापी कार्यक्रमको आयोजना गरिने बताए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD