१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नख्खु कारागारका फरार कैदी ललितपुरको लुभुबाट पक्राउ 


प्रकाशित: विहिवार, ९ भाद्र २०७९, १२ः०० बजे
- महानगरखबर

काठमाडौं । नख्खु कारागारका फरार कैदी ललितपुरको लुभुबाट पक्राउ परेको प्रहरीले जनाएको छ । 


बुधवार शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि लगिएका ३१ वर्षका कैदी भोला बुढाथोकीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । 


जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।


बुढाथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका कैदी भएको प्रहरीले बताएका छन ।  उनीले ९ वर्ष जेल सजाय काटिसकेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex