काठमाडौं । ललितपुर महानगरपालिकाले वान वे गरेको नख्खु –एकान्तकुना सडकलाई प्रहरीले वान हटाएपनि पुनः सुरु भएको छ ।
प्रहरीले सो सडकबाट वान वे हटाए लगत्तै महानगरपालिका प्रमुख चिरीबाबु महर्जन एक्सनमा उत्रेका थिए । उनी आफै गएर सो सडक सुचारु गरेको छ ।
![]()
मंगलबार बिहान १० बजे प्रहरीले आफ्नो कार्यक्षेत्रमा महानगरले हस्तक्षेप गरेको वान वे हटाएको थियो ।
महानगर प्रमुख महर्जनले मेयर विना जानकारी हटाएपछि आफूले आईजीसँग कुरा गरेको र फेरि सो सडक खण्डमा वान वे सुरु गरेको बताए ।
महर्जन नगरप्रहरीसहित गएर उक्त क्षेत्रमा पुनः एकतर्फी सडक सरु गरेको हो । महर्जनले भने,‘हामीले यो क्षेत्रमा वानवे बनाएपछि सवारी जाम र सडक दुर्घटना शून्य भएको छ। महानगरले राम्रो काम गरेको भनेर स्थानीय खुसी छन्। यसरी एकाएक छापामार शैलीमा प्रहरीले स्थानीय सरकारको काममा हस्तक्षेप गर्न मिल्दैन ।’
ललितपुर महानगरभित्रका सडकहरु वान वे गर्दा प्रहरीलाई जानकारी पठाएको प्रमुख महर्जनले बताएका छन ।
Categorized in स्थानिय