५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

नक्सा पास विना बनेका भवनहरुलाई महानगरको पुनः ३५ दिने सुचना


प्रकाशित: बुधवार, ३ जेठ २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाएको भवनहरुको नक्सा पास गर्न पुनः ३५ दिने सुचना जारी गरेको छ । 


महानगरले बुधवार (आज) एक सुचना जारी गरी यस अघि मिति २०७९ भाद्र २३ गते ९० दिने सुचना प्रकासित गरी नक्सा पास नभएका भवनहरु नियमित गर्न सुचना जारी गरेको समय अवधिमा गर्न असमर्थ रहेकाहरुका लागि पुनः ३५ दिने सुचना जारी गरेको हो । 


‘उक्त समय (९० दिने सुचना) भित्र नक्सा स्वीकृत/नियमित गर्न असमर्थ संघ, संस्था, सरकारी, अर्धसरकारी, बित्तिय संस्था इतयादी सम्बन्द्ध निकायहरुलाई यो सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र नक्सा पेस गरी स्वीकृत÷नियमित गर्न पुनः अनुरोध गरिन्छ ।’ जारी सुचना उल्लेख छ । 


सो अवधिभित्र नक्सा स्वीकृत/नियमित नगरेमा त्यस्ता भवनहरुलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, भवन संहिता, कार्यविधि र यस कार्यलयको निर्णय बमोजिम कार्वाही गर्ने भनिएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex