१४ बैशाख २०८१, शुक्रबार
Header

नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिउँ: प्रमुख शाह


प्रकाशित: बुधवार, २५ साउन २०७९, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह(बालने)ले नाक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारवाही तथा नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिनु पर्ने बताएका छन ।


उनले भने,‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

 

बुधबार फेसबुक पेजमा शाहले यस्तो प्रस्ताव उल्लेख गरेर सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिएका हुन । 


यसअघि काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले बनाएका संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । 


तर निर्देशन दिएको पत्र तत्काल कार्यान्वयन नगर्न बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले महानगरपालिकालाई आदेश दिएको थियो।


सर्वोच्चले सोमबारका लागि दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । महानगरपालिकाको समेत तर्क सुनेपछि बुधबारको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय सर्वोच्चले सुनाउनेछ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD