७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नक्कली शरणार्थी प्रकरण पक्राउ परेका १६ जना थप तिन हिरासतमा रहने


प्रकाशित: आइतवार, ७ जेठ २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राखिने भएको छ ।


आईतवार प्रहरीले उनीहरुलाई थप म्यादको लागि अदालतमा उपस्थित गराएका थिए ।  


नेपाली नागरिकलाई नक्कली नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा केशव दुलाल, सानु भण्डारीसहितका व्यक्ति १२ चैतमा पक्राउ परेका थिए ।


पक्राउ परेकाहहरुको बयान र प्रमाणको आधारमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन ।  


संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex