२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नक्कली भुुटानी शरणार्थी प्रकरणमा फरार एक जना मण्डिखाटारबाट पक्राउ


प्रकाशित: सोमवार, ११ असार २०८०, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।


प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की का अनुसार शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको थियो ।


यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६  जिल्ला अदालत काठमाडौंले थुनामा पठाएको छ भने दुुई जना लक्ष्मी महर्जन र टंक गुरुलाई धरौटीमा छाडिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex