१ जेठ २०८१, मंगलबार
Header

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधर पक्राउ


प्रकाशित: विहिवार, २८ असार २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने समूहका थप एक जना पक्राउ परेको छ । 


प्रहरीले काठमाडौं महानगरपालिका वडा नं. ३० घर भई हाल कामपा १६ वडा नयाँ बजार, खुसीबु बस्ने बर्ष ५९ का केशव तुलाधरलाई पक्राउ गरेको हो । 


नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनि विभिन्न किसिमका प्रलोभनमा पारी विश्वास दिलाई जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका थिए । 


उनलाई प्रहरीले हिजो बुधवार सानो भ¥याङबाट पक्राउ गरी ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौमा लगिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD