२२ बैशाख २०८१, शनिबार
Header

नक्कली भुटानी शरणार्थी प्रकरणः धरौटीमा को – को छुटे ?


प्रकाशित: शुक्रवार, १५ मंसिर २०८०, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका ९ जनालाई घरौटीमा छाड्न आदेश दिएको छ । 


शुक्रवार भएको सो आदेशमा सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख र नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।


त्यसैगरी, टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई भने साधारण तारेखमा छाड्न अदालतले भनेको छ ।


उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेको पत्र आईतवार पुगेपछि धरौटीमा उनीहरु छुट्ने छन । 


अदालतले टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै राख्ने आदेश सदर गरेको छ भने बालकृष्ण खाँणको हकमा न्यायाधीशको राय बाझिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD