काठमाडौँ । नक्कली पेस्तोल, लागुऔषध र धारिलो हतियार छुरीसहित २ जनालाई महानगरिय प्रहरी परिसर काठमाडौले आईतबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुका साथबाट ३६ एम्पुल डाइजेल्याब, ३४ एम्पुल फेनार्गन, मेड इन यूएस लेखिएको नक्कली पेस्तोल एक थान र धारिलो हतियार छुरी एक थान नियन्त्रणमा लिएको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज