३ भाद्र २०८३, बुधबार
Header

नक्कली जग्गाधनी बनी जग्गा खरिदविक्री गर्ने १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


प्रकाशित: सोमबार, ९ पुष २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिल मालपोतका तत्कालिन प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १३ जनाविरुद्ध विशेष अदालत काठमाडौमा भ्रष्टाचार मुद्दा दायार गरेको छ । 


आयोगले मालमोत प्रमुख तिमल्सिनको मिलोमतमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका रहेको २ रोपनी ८ अना जग्गा नक्कली जग्ग्गाधनीको नाममा गैरकानुी ढंगबाट खरिद विक्री गरेको भन्दै मुद्दा दायर गरेको हो ।


नक्कली जग्गाधनीको नामबाट जग्गा बिक्री गर्ने मालपोत कार्यालय चाबहिलका तत्कालीन १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।


आयोगले दर्ता गरेको अरोपपत्र उनीहरुले भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित भएकोले मुद्दा दायर गरेको जनाएको छ ।


भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा मालपोत अधिकृतहरु खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुमार खरेल, टाइपिस्ट जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्का, चन्दनकृष्ण कायस्ठ भन्ने राजु थापामगर, सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालसिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतम रहेका छन । 


मालमोत पम्ुख तिमल्सिना सहित कर्मचारीहरूले पदको दुरुपयोग गरी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपूर्जा, नागरिकताको प्रमाणपत्र समेत खडा गरी नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री र खरीद गरेको देखिएको अख्तियारले जनाएको छ ।


अख्तियारका अनुसार मालपोतकै कार्यालय सहयोगी चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगरले अन्य कर्मचारीहरूलाई प्रभोलनमा पारेका थिए । 


त्यसैगरी अख्तियारले कार्यालय सहयोगी चन्दनकृष्ण कायस्थ भन्ने राजु थापामगर, सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालमान सिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतमसँग ६ करोड विगो माग दावी गरेको छ ।


सो कार्यमा अर्थ कवच वचत तथा ऋण सहकारी संस्थाका निर्देशक नवदुर्गाप्रसाद ढुंगेल, प्रबन्ध निर्देशक सुरेशकुमार थापा र सानिमा विकास बैंक ललितपुर एकान्तकुना शाखाका ट्रेलर सनिश सापकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरी ६ करोड रुपैयाँ विगो दावी गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex