१५ बैशाख २०८१, शनिबार
Header

ध्यान गर्न बलिउड अभिनेता आमिर काठमाडौंमा !


प्रकाशित: आईतवार, २४ बैशाख २०८०, १८ः४० बज
- महानगरखबर

कठमाडौं । चर्चित बलिउड अभिनेता आमिर खान ध्यान गर्न काठमाडौं आएका छन । 


आमिर बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा आज बेलुका ७ बजेदेखि हुने शिविरमा मौन बस्ने छन ।


विपश्याना ध्यान शिविरमा उनी मे १८ (जेठ ४ गते) सम्म बस्ने छन । सो ध्यान अवधिमा गुरु र आवश्यक सरसमानको लागि स्वयंसेवकसँग कुराकानी गर्न पाउने छन ।  


मिस्टर परफेक्सनिस्ट’ का रूपमा चिनिने आमिरले पछिल्लो केही समय परिवार र आफ्नो लागि समय दिने भन्दै बलिउडबाट विदा लिएका छन । 


पुनः कुन फिल्मबाट कमब्याक गर्ने भन्ने बारे अहिले सम्म आमिरले आधिकारिक कुनै घोषणा गरेकाक छैनन ।


उनको पछिल्लो फिल्म लालसिंह चड्डाले बलिउडमा खासै व्यापार गर्न सकेको थिएन । अहिलेसम्मको सबैभन्दा धेरै कमाई गर्ने उनको फिल्म दंगल हो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD