४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

धोका दिएर अष्ट्रेलिया जान खोजेको भन्दै प्रेमिकाको हत्या


प्रकाशित: शुक्रबार, १ भाद्र २०७५, १८ः३४ बजे
- महानगरखबर

काडमाडौं । धोका दिएर अष्ट्रेलिया जान खोजेको भन्दै मोरङको ग्रामथान गाउँपालिका– सिद्राहमा शुक्रबार बिहान एक प्रेमीले प्रेमिका धारिलो हत्या प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । 


विराटनगर महानगरपालिका वडा नं. १३ निवासी ३० बर्षिय दिनेश भट्टराईले सोही ठाउँकी २३ बर्षिय शिखा घिमिरेको हत्या गरेको हो । हत्या गरेर भाग्ने क्रममा प्रहरीले भट्टराईलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार दुवै जना घुम्न भनेर बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्टराईले आफूसँग रहेको धारिलो हतियार प्रहार गरेर प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ । 


प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवै चढेर गएको स्कुटर बरामद गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex