५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

धुलोमुक्त सडक अभियानमा मन्त्री स्थापित, ठेकेदारको मुख नताक्नुपर्ने


प्रकाशित: आईताबार, ६ जेठ २०७५, १०ः२५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रदेश ३ सरकारका भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापित धुलोमुक्त सडक अभियानमा लागेका छन् ।

 
मन्त्री स्थापित सडकलाई धूलोमुक्त पार्न अमेरिकी कम्पनीसँग स्टेडफास्टसँग सम्झौताको तयारी गरिएको जानकारी मन्त्रालयले दिएको छ ।


अमेरिकी कम्पनीको योजनामा सडकलाई धुलौटो बनाएर एग्री विन्ड नामक केमिकल प्रयोग सडकलाई धुलोमुक्त बनाउने भएको छ ।

 
शनिबार गोकर्ण रिसोर्टमा सडकलाई कसरी धुलोमुक्त बनाउने प्रविधिबारे जानकारी दिन प्रदेश मन्त्रालयले जनप्रतिनिधिहरुको भेला बोलाएको थियोे ।


सो भेलमा भेलामा एग्री विन्ड केमिकलको नेपाली प्रतिनिधि कम्पनी अध्यक्ष रोबर्ट फ्रीजमेनल, इकोसेन्टकका सुनील लोहिया लगायतले प्रविधीबारे जानकारी दिएका थिए ।

 
साथै सो भेलामा मन्त्री स्थापितले भौतिक निर्माणका लागि ठेकेदारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले नै निर्माण कम्पनी स्थापनाको तयारी गरेको पनि बताए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex