काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला आईतबार विहन लगाईदिएका छन ।
केहि साता पहिले लगानीकर्ताहरुले चरणबद्ध रुपमा सेयर बजार सुधार र विस्तारका लागि आन्दोलन गरिरहेका छन । लगानी कर्ताहरुको दबाव समूहले जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।
ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलिले तालाबन्दी गरेपछि एक कर्मचारीहरु कार्यलमै थुनिएका दबाब समूहका महासचिव बास्तोलाले बताए ।
यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।
समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामालाई मुख्य माग बताएको छ । अर्थमन्त्री खतिवडा पुँजी बजार विरोधी भएको उनीहरुको ठहर छ ।
Categorized in बजार