काठमाडौं । धादिङ बेनीघाट रोराङ–५ (चरौंदी, भैंसेगौंडा) स्थित पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख बस दुर्घटनामा मृत्यु भएकाहरु मध्ये १३ जनाको पहिचान खुलेको छ ।
सोमबार बिहान भैंसेगौंडामा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पहिचान खुलेका १३ मृतकहरु
१) बेलायती नागरिक अन्दाजी २३ वर्षीया डोमिनिका इथान
२) धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने इन्जिनर ठकुरी
३) तनहुँ शुक्ला गण्डकी नगरपालिका–७ बस्ने ६० वर्षीया विष्णुमाया ढकाल
४) स्याङ्जा वालिङ नगरपालिका–१४ बस्ने अन्दाजी ६३ वर्षीय चन्द्रबहादुर कुँवर
५) तनहुँ व्यास नगरपालिका बस्ने अन्दाजी ४५ वर्षीय आमकुमार मल्ल
६) कास्की पोखरा महानगरपालिका–३० बस्ने अन्दाजी ४० वर्षीय विवेक बस्तोला
७) स्याङ्जा पुतलीबजार नगरपालिका–६ बस्ने अन्दाजी ४५ वर्षीय घनश्याम सुवेदी
८) तनहुँ व्यास नगरपालिका–५ बस्ने ३९ वर्षीय ओमकुमार श्रेष्ठ
९) कास्की लामाचौर बस्ने २६ वर्षीय सुजित नेपाली (चालक)
१०) तनहुँ शुक्ला गण्डकी गाउँपालिका–७ बस्ने ५५ वर्षीय रुद्रप्रसाद ढकाल
११) तनहुँ शुक्ला गण्डकी गाउँपालिका–२ बस्ने २० वर्षीय अर्चन पौडेल
१२) तनहुँ भीमाद नगरपालिका–६ बस्ने ५५ वर्षीय हरिप्रसाद सिक्देल
सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
Categorized in समाज