७ जेठ २०८१, सोमबार
Header

धादिङको गजुरीबाट चार केजी सुनसहित ३ जना पक्राउ


प्रकाशित: शुक्रवार, २० पुष २०७५, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले धादिङको गजुरीमा सवारी चेकजाँचको क्रममा चार केजी सुनसहित ३ जनालाई शुक्रवार पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । 


गल्छीबाट मलेखुतर्फ जाँदै गरेका बा ८७ प ७७३१ र प्रदेश नम्बर ३ ०२–००३ प २५४० नम्बरका मोटरसाइकलबाट उक्त सुन बरामद गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD