५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

धादिङको गंगुजमुनामा गाउँलेद्धारा २ झाँक्रीको कुटेर हत्या


प्रकाशित: शनिबार, ५ साउन २०७५, २१ः२९ बजे
- महानगरखबर

काठमाडौं । धामी झाँक्रीले दुःख दिएको भन्दै उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट आज (शनिबार) बिहान दुईजना झाँक्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
कुटपिटबाट मृत्यु हुने झाँक्रीद्वय ६० वर्षीय साइला तामाङ र नरुङ तामाङ रहेको छ । गाउँमा सो घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयले खबर प्राप्त गरेपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिएका छन् ।

 
घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । सो विषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

––– 

asteriskhubs
Home Page Bottom Second


maharjan complex