काठमाडौं । जागिरको प्रभोलनमा पारि धर्म परिवर्तन गराउन खोजेको आरोपमा ३ महिलालाई सितापाइलाबाट प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर नगरपालिका–२७ घर भएकी ३८ वर्षीया लक्ष्मी भट्टराईलाई धर्म परिवर्तन गराउन खोजेको आरोपमा प्रहरीले काठमाडौंको नागर्जुन नगरपालिका–४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४२ वर्षीया फुलदेवी भट्टराई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पीडित लक्ष्मीलाई फुलदेवीले जागिर लगाइदिने भन्दै सितपाइलाको चर्चसम्म पुराएपछि सुमित्रा गौलीले बाइबलको पाठ सुनाउँदै लक्ष्मीलाई जबरजस्ती दुबै हात समातेर धर्म परिवर्तन गर्न खोजेको प्रहरीले बताएको छ ।
पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in राष्ट्रिय