१४ बैशाख २०८१, शुक्रबार
Header

धर्मपथ र बिशालबजार अगाडि स्मार्ट पार्किङ सुरु


प्रकाशित: आईतबार, १ असार २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काडमाडौं महानगरपालिकाको योजनामा सञ्चालित स्मार्ट पर्किङ धर्मपथ र विशाल बजार अगाडी आईतबारबाट सुरु भएको छ । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले धर्मपथमा पिओयस मेसिनबाट क्युआर कोडसहितको बिल प्रिन्ट गरेर सेवा शुभारम्भ गरेको हो । 


महानगरले ब्हिल्स ट्रुली योर्स प्रा. लि. सँगको सहकार्यका यो सेवा शुरु गरेको हो ।


सेवा शुभारम्भपछि बोल्दै मेयर शाक्यले  हाम्रो प्राथमिक पार्किङ् क्षेत्र भनेको बहुतले वा भूमिगत पार्किङ् नै हो । त्यो व्यवस्थामा नपुगुञ्जेल सवारी धनी र स्थानीयको आवालाई सम्बोधन गर्दै अस्थायी रुपमा सडकको किनारालाई पार्किङ् व्यवस्थापन गर्ने ठाउँ तोकेका बताए । 


सोही अवसरमा बोल्दै महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्कीले, स्मार्ट पार्किङ्मा गरिने अभ्यास, स्मार्ट सहरी व्यवस्थापनमा सिकाइ हुने बिश्वाश व्यक्त गर्नुभयो ।


स्मार्ट पार्किङ क्रमश प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा बिस्तार गरिने बताउँदै प्रा. लि. का सूचना प्रविधि संयोजक हरिश अग्रवालले सो अवसरमा जानकारी दिए । 


योजनामा रहेका सबै ठाउँ सञ्चालनमा आएपछि एकपटकमा करीव ८०० वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ् गर्न सकिन्छ ।


नयाँ सडक जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ् गर्ने ठाउँ बुकिङ् गर्न सक्छन ।


पार्किङ् गर्दा दुई पाङ्गे सवारीकालागि प्रति घण्टा २५ रुपैयाँ, चार पाङ्ग्रेका लागि प्रति घण्टा ८० रुपैयाँ शुल्क लाग्नेछ । यसरी संकलन गरिएको रकम सम्बन्धि रेकर्ड सिधै्र महानगरको प्रणालीमा जानेछ । यसबाट राजस्व छलि गर्ने सम्भावना नहुने अधिकारीको भनाइ छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD