१३ बैशाख २०८१, बिहिबार
Header

धर्मपथमा स्मार्ट पार्किङ अब नबन्ने


प्रकाशित: शुक्रवार, १८ पुष २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले धर्मपथमा बनाउने भनिएको स्मार्ट पार्किङ तत्काल नबन्ने भएको छ । 


कानुनी जटिलता रहेको भन्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले बहुतले पार्किङको प्रस्तावलाई रद्द गरेका छन । 


विहिवार महानगरपालिकाको ३९ औं कार्यापालिका बैठकमा प्रमुख शाक्यले सो प्रस्ताव पेश गरेका थिए । बैठकले पार्किङका लागि निजी क्षेत्रको डिजाइन, निर्माण, संचालन तथा व्यवस्थापन सम्वन्धी आवेदन रद्द गर्ने निर्णय गरेको छ ।


प्रचलित मापदण्ड अनुसार विकासकर्ताले डिजाइन तयार पार्ने, त्यसलाई स्वीकृत गराएर भौतिक संरचना निर्माण गर्ने, सम्झौताका आधार र विधिमा निश्चित अवधि संचालन र व्यवस्थापन गर्ने र तोकेको समय पुगेपछि दुरुस्त अवस्थामा महानगरलाई हस्तान्तरण गर्ने  ढाचामा बहुतले पार्किङ बनाउन स्वदेशी तथा विदेशी लगानीकर्ताबाट माग गरिएको  थियो ।


तर यो ढाँचामा काम गर्न संघीय सरकारको कानुनबमोजिम स्थानीय सरकारले काम गर्न पाउने कि नपाउने भन्ने विषयमा कानुनमा केही उल्लेख नभएकाले आशयपत्र रद्द गर्नुपरेको शाक्यले बताए ।


त्यसैगरी बैठकमा पेश गरिएको प्रस्ताव स्वीकृत गर्दै धर्मपथमा काठमाडौं महानरपालिका ुसार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन, २०७५ु बमोजिम कामको योजना सिफारिस गर्न वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।


१७ न.वडाध्यक्ष नवीन मानन्धर, २१ का उदयचुडामणी बज्राचार्य,१९ का शशिलाल श्रेष्ठ,कार्यापालिका सदस्य रमिताकमल स्थापित सदस्य छन् भने सदस्य(सचिवमा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबव काफ्ले छन । 


सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत ५ वटा सार्वजनिक शौचालय र ३६ वटा बस स्ट्याण्ड निर्माण गर्न समेत अनुमति दिएको छ ।


बैठकको अन्य निर्णयमा शंखधर पार्क निर्माणका लागि मध्यपुर थिमी नगरपालिकालाई अनुदान उपलब्ध गराउने, महानगर क्षेत्र भित्रका पैदलमार्ग वडा तहबाट सम्भव हुने वडाबाटै र अन्यका हकमा महानगर आफैले मर्मत सम्भार तथा व्यवस्थापन गर्ने लगायत छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD