२२ बैशाख २०८१, शनिबार
Header

धर्मको नाममा राजनीति नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई गगनको चेतावनी


प्रकाशित: शनिवार, ९ मंसिर २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धर्मको आडमा राजनीति नगर्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिका छन । 


महामन्त्री थापाले गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई शनिबार तम्घासमा सम्बोधनको क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनावमा आउन र संविधान संशोधन गर्न चुनौती समेत दिएका छन ।


थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिदै भने,‘ च्याँखे दाउ नहान्नुस महाराज, खेल्ने भए खालमा आउनुस ।’


‘राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसले प्रस्ट भन्ने हो, राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस् कांग्रेस भिड्न तयार छ । पार्टी खोल्ने, चुनाव लड्ने संविधानले दिन्छ । बहुमत ल्याउने संविधान फेर्ने, बदल्ने, फर्काउने । नेपाली कांग्रेस यो कुराको लागि तयार छ, उनले भने ।


२०१७ पुस १ मा राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई बर्खास्त गरी पञ्चायती शासन लगाएर मुलुकलाई पछाडि धकेलेको पनि उनले बताए ।


राजा वीरेन्द्रको हत्या भएपछि छानबिन हुनुपर्ने माग गर्दा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालामाथि ढुंगा प्रहार भएको थापाले स्मरण गराएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD