२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

धर्मकीर्ति विहार पुननिर्माणका लागि दास्रो किस्ता हस्तान्तरण


प्रकाशित: आईतवार, १८ पुस २०७८, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । श्रीघः नघलस्थित धर्मकीर्ति विहार विस्तारित भवनको दास्रो चरण निर्माणको लागि महानगरपालिकाले चेक हस्तान्तरण गरेको छ ।


आईतवार एक कार्यक्रमविच काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक करोड ३० लाख ९५ हजार रुपियाँको चेक विहारकी गुरुमालाई हस्तान्तरण गरेका छन ।

 
काठमाडौं महानगरपालिका वडा नं. २५ मा रहेको सो विहारको पहिलो चरण पुनिर्माणको लागि एक करोड १३ लाख चेक हस्तान्तरण गरिएको थियो । 


२०७२ सालको विनासकारी भूकम्पमा क्षति पुगेको विहारको पुनिनिर्माणको लागि काठमाडौं महानगरले २ करोड १८ लाख २५ हजार आर्थिक सहयोग निर्माण गर्ने गरी धर्मकीर्ति विहार संरक्षण कोषसँग सम्झौता गरेको थियो ।


सो कार्यक्रममा उपप्रमखु हरिप्रभा खड्गीश्रेष्ठ, २५ वडा अध्यक्ष निलकाजी शाक्य, गुरुमाहरुलगायतको उपस्थिी रहेको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex