२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

धराहराको पार्किङ संघीय सरकारले सञ्चालन गर्ने 


प्रकाशित: मंगलवार, १५ साउन २०८१, १९ः१५ बजे
- महानगरखवर

काठमाडौं । सुन्धारास्थित धराहराको पार्किङ संघीय सरकारले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन । 


प्रधानमन्त्री ओलीले मंगलवार सरकारका मन्त्री र सचिवहरुलाई दिएको २६ बुँदे निर्देशनमा सो कुरा बताएका हुन । 


उनले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको उल्लेख गरेका छन । 


हाल काठमाडौं महानगरपालिकाले धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई प्रयोग गरिरहेकोमा प्रधानमन्त्री ओलीले संघीय सरकार मातहत नै सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका हुन । 


प्रधानमन्त्री ओलीले तयार हुन नपाउँदै धरहराको पार्किङ महानगरपालिकाले खुला गरेकामा असन्तुष्टि समेत जनाएका छन । ओलीले निर्माणाधीन अवस्थामा नै २२ तले मूल टावर बनिसकेको भन्दै ११ वैशाख २०७८ मा धरहराको उद्घाटन गरेका थिए ।


‘अब त्यसलाई सञ्चालन गरिहाल्ने, त्यसलाई कसरी आम्दानीको स्रोत बनाउनुपर्छ, मनोरञ्जन पनि हुन्छ’, उनले भने, ‘कुन मन्त्रालयले कहाँबाट सञ्चालन गर्ने हो, त्यसको छुट्टै कार्यविधि बनाएर यस्ता कुरा सञ्चालन गर्ने हो ।’ उनले भने । 


हाल पुनर्निर्मित धरहरा क्षेत्रको अधिग्रहणसहित सञ्चालन र भूमिगत पार्किङको परिकल्पना आफ्नै भएको दाबी उल्लेख गर्दै प्रधानमन्त्री ओलीले धरहरा चढ्न सरकारले खुला गर्ने बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex