८ बैशाख २०८१, शनिबार
Header

धरहरा पुननिर्माण रोक्न माग गर्दै प्रदर्शन (भिडियो) 


प्रकाशित: बुधवार, २९ साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकाको ऐतिहासिक सम्पदा धरहरा पुननिर्माण रोक्न माग गर्दै बुधवार राजधानीमा प्रदर्शन भएको छ ।


धरहरा पुननिर्माणको नाममा व्यापारिक कम्पलेक्स बनाउन खोजेको भन्दै स्थानीय, सम्पदाप्रेमीहरुले नाराजुलुस गरेको छ । 


प्रदर्शनकारीहरुले सुन्धारा मासेर ‘झल्के टावर’ बनाउन खोजेको आरोप लगाएको छ । प्रदर्शनकारीहरुले सम्पदा मास्न पाईदैन, धराहरा पुननिर्माण रोक, पुरानै धरहारा पुननिर्माण गर, ऐतिहासिक सुन्धरा संरक्षण गर लगायतको नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेको थियो ।


प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएपछि प्रदर्शनकारी र प्रहरीविच घम्साघम्सी समेत भएको थियो । 


उनीहरु प्रहरी दमन मुर्दावाद भन्दै नारावाजी समेत गरेका थिए । 


सम्पदा अभियान्ता यादव लाल कायस्थले धरहरा सम्पदा मासेर झिल्के टावर बनाउन खोजेको भन्दै विरोधमा उत्रेको बताए । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD