काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको ऐतिहासि सम्पदा धरहरा पुननिर्माणको शिलान्यास गरेको छ ।
प्रधानमन्त्री ओलीले अबको धरहरामा इतिहास झल्किएसँगै आधुनिकता पनि टल्किने बताएका छन ।
धरहरामा युवा मात्र हैन बुढापाकाहरुले पनि सहजै रुपमा घुम्न सक्ने गरी आधुनिक रुपमा धरहराको पुननिर्माण हुने प्रम ओलीले बताए ।
प्रम ओलीले आफ्नो पनि धरहरा चढ्ने इच्छा व्यक्त गरेका थिए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले ३ अर्ब ४८ करोड लागतमा धरहरा निर्माण गरिरहेको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार भूकम्पले भत्किएको धरहरालाई भने सिसाभित्र राखेर संरक्षण गरिने जनाएको छ ।
२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनछ ।
भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले धरहरा भत्किएको थियो ।
Categorized in सम्पदा/संस्कृति