२० बैशाख २०८१, बिहिबार
Header

धरहरा निर्माणको ठेक्का पाएका रमन जेभी कालोसुचिमा !


प्रकाशित: मंगलवार, २१ साउन २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । भूकम्पले ढलाएको ऐतिहासिक सम्पदा धरहरा निर्माण गर्न ठेक्का पाएको रमन कन्ट्रक्सन कालो सुचीमा परेको छ । 


कालोसुचीमा परेपसँगै  रमण कन्ट्रक्सनले अब कुनै पनि नयाँ ठेक्का सम्झौता गर्न पाउने छैन । रमणले धरहार निर्माणसँगै हुलाकी सडक निर्माणको पनि जिम्मा पाएको थियो । 


धरहराको निर्माणमात्रै नभएर रमण कम्पनीको अन्य ठेक्काका कामहरु पनि सन्तोषजनक नभएको पाईएको छ । 


हुलाकी सडक निर्माणमा पप्पु र रमणले संयुक्त रुपमा काम गर्दै आएका थिए । तर, रमणको काम सन्तोषजनक नभएको भन्दै हुलाकी राजमार्ग निर्देशनालयले रमण–पप्पु जेभी, जनकपुर ९, धनुषालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सिफारिस गरेको थियो ।


खरिद नियमावलीको यो दफामा कालोसूचीमा परेका निर्माण कम्पनीले यसको टुंगो नलागेसम्म नयाँ सार्वजनिक खरिद कार्यमा भाग लिन नपाउने व्यवस्था छ । 


रमण कन्स्ट्रक्सन कम्पनी बलराम महतोको हो भने पप्पु कन्स्ट्रक्सन सांसद् हरिनारायण चौधरी संस्थापक रहेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD