१६ चैत्र २०८०, शुक्रबार
Header

धरहरा क्षेत्रको परम्परागत उपाकु मार्ग खोलिने


प्रकाशित: बुधवार, १८ भाद्र २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । स्थानीयको चर्को विरोधपछि धरहरा क्षेत्रको परम्परागत उपाकु मार्ग खोलिने भएको छ । 


धरहरा पुननिर्माणको क्रममा सो मार्ग छोकी काम अघि बढाएपछि स्थानीय र सम्पदा अभियान्ताले विरोध गर्दै आएको थियो । 


बुधबार स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि र धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलपछि सो बाटो खोल्ने सहमति भएको हो । 


पुरानो धरहरा र अब बन्ने नयाँ धरहराको बीचमा उक्त मार्ग हुने प्राधिकरणले जनाएको छ । प्रााधिकरणका अनुसार उपाकु हिँड्ने मानिस तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्ने छ । 


काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा पर्ने सो मार्ग खोल्ने सहमति भएको वडाध्यक्ष चिनीकाजी महर्जनले बताए । 


उक्त मार्गमा इन्द्रजात्राको बेला शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ । यो बर्ष भाद्र २४ उपाकु परेको छ । 


प्राधिकरणका विज्ञ राजुमान मानन्धरले २१ भदौसम्म अस्थायी मार्ग तयार हुने बताए ।


प्राधिकरणले खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कन अस्थायी पैदल मार्ग खोल्ने कार्य पनि अघि बढेको जानकारी समेत दिएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD