२१ बैशाख २०८१, शुक्रबार
Header

धरहराको पार्किङ बन्द गर्न महानगरलाई पत्रः बालेन


प्रकाशित: सोमवार, २२ माघ २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले धरहरामा गरिएको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछी आक्रोश व्यक्त गरेका छन । 


‘तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु । ’ उनले भने ।

 
सोमवार विहान उनले आफ्नो फेसबुक वालमा लेखेर आफ्नो आक्रोश व्यक्त गरेका छन । 


उनले भने,‘ उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो, नबनेको भए म बिसौँ तलामा कसरी पुगेँु भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’


सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न चेतावनी समेत दिएका छन । 


धरहराको निःशुल्क पार्किङ बन्द नगर्ने पनि प्रमुख बालेनले बताएका छन । 


‘अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ  ।’ उनले भने ।


उनले भने,‘अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ  । हामी काठमाडौ महानगरमा रहुन्जेल  कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।’


२०७८ वैशाख ११ शनिबार तत्कालिन प्रधानमन्त्री केपी ओलीले धरहराको उद्घाटन गरेका थिए । 


‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।’ उनले लेखेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD