काठमाडौं । लुटेरा समूहले धनुषाको मिथिला नगरपालिका जम्नीवास भन्ने ठाउँमा गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ ।
गएराती स्थानीय पुष्पलाल श्रेष्ठको घरमा लुटपाट गर्न आएका ती समुहले नगद, सुनचाँदी लुटेर लगेको छ । लुटेराहरुले श्रेष्ठको घरबाट ६ तोला सुन, १५ तोला चाँदी र २ लाख ५० हजार नगद लगेको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीका अनुसार लुटपाटको क्रममा प्रतिकार गर्ने क्रममा श्रेष्ठलाई दुई गोली लागेको छ । हाल उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज