१३ बैशाख २०८१, बिहिबार
Header

धनीको पहिलो सुचिमा फेरि विल गेट्स


प्रकाशित: सोमबार, २ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । ब्लुमवर्ग पत्रिकाले गरेको सर्वेक्षणमा विश्वको सबैभन्दा धनि व्यक्तिको सुचिमा फेरि विल गेट्स परेका छन । 


गेट्स २ बर्षपछि पुन धनिको पहिलो सुचीमा परेर संसारकै सबैभन्दा धनि व्यक्ति बनेका हुन । माइक्रोसफ्ट कम्पनीका संस्थापक गे्टसको सम्पती १ सय १० अर्ब अमेरिकी डलर ( १ सय २५ खर्ब ४० अर्ब ) सम्पतीका मालिक बनेको पत्रिकाले जनाएको छ । 


६४ वर्षका गेट्स सन २०१७ पछि सबै भन्दा धनी व्याक्ति बनेको हुन । सन २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए । 


बेजोस दोस्रो नम्बरमा परेका छन । उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर ( १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति ) रहेको ब्लुम्बर्गले जनाएको छ ।


तेस्रो नम्बरमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट परेका छन्। उनको सम्पती १ सय ३ अर्ब अमेरिकी डलर छ । ८६ अर्बसहित चौथो स्थानमा वारेन वफे छन भने फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५.५ अर्ब डलर सहित पाँचौ स्थानमा पुगेका छन । 


माइक्रोसफ्टको शेयर पछिल्लो समय बढेकाले गेट्स धनीको सुचिमा परेको पत्रिकाले उल्लेख गरेका छन । 


पत्रिकाका अनुसार अमेरिकी रक्षा विभागले गत अक्टोबर २५ मा १० अर्ब डलरको क्लाउड कम्प्यूटिङ कन्ट्याक दिने घोषणा गरेको थियो । त्यसपछि माइक्रोसफ्टको शेयर ४ प्रतिशतले बढिसकेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD