५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

धनगढीमा गोली काण्ड मच्चाएर ९ लाख लुट्ने गंगोबुबाट पक्राउ


काठमाडौ । धनगढीमा आईएमआईको कर्मचारीलाई गोही प्रहार गरी ९ लाख लुट्ने काठमाडौंको गंगोबुबाट सोमबार विहान समातिएको प्रहरीले जनाएको छ ।

 
गत साता कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भने कालु राना र उनीसँगै रहेको कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई प्रहरीले पक्राउ गरेको हो ।

 
महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।

 
जेठ १३ गते सिद्धार्थ बैंकबाट पैसा झिकेर आईमईआईमा कार्यरत कर्मचारी  धनगढी–३ बस्ने ३७ बर्षीय निर्मल कार्कीलाई गोली प्रहार गरी पैसा लुटेर भागेका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex