काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको विहिवार निधन भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ९१ वर्षको उमेरमा उनको निधन भएको हो । शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन । ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन ।
उनका दुई छोरी छन भने यस अघि श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।
श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन ।
Categorized in समाज