२५ बैशाख २०८१, मंगलबार
Header

द्रुत बस सेवाको जानकारी ‘एप’बाट पनि लिन सकिने


प्रकाशित: बुधवार, ४ पुुस २०८०, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा सञ्चालित द्रुत सेवाको जानकारी अब ‘एप’ बाट पनि लिन सकिने भएको छ । 


भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म सञ्चालित द्रुत बस सेवाबारे जानकारी दिन यातायात व्यवस्था विभागले ‘एक्सप्रेस बस सर्भिस नेपाल’ नामक एपबाट सञ्चालनमा ल्याउन लागेको हो । 


विभाका सूचना अधिकारी इश्वरी दत्तका अनुसार प्राविधिक टोलीसँगको छलफल एप विकास गरिएको हो । एपमार्फत यात्रुले बस नम्बर, बस छुट्ने समय, बस कुन ठाउँमा पुग्यो वा बिसौनी कुन–कुन स्थानमा छन भन्नेबारे जानकारी लिन सकिन्छ ।


गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रूत बस सञ्चालनमा ल्याइएको हो । अहिले बसहरू बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र बेलुकी साढे ३ बजेदेखि साढे ५ बजेसम्म सञ्चालनमा छन । 


हाल ३६ वटा बस सञ्चालनमा छन्। यद्यपी यात्रु चापअनुसार ४२ वटासम्म बस सञ्चालनमा छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD