१६ चैत्र २०८०, शुक्रबार
Header

दोस्रो ललित अन्तर्राष्ट्रिय मेलाको उपराष्ट्रपति पुनद्वारा उद्घाटन 


प्रकाशित: बुधवार, २७ चैत्र २०७५, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ्ग’ले  समृद्धिको लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वेदशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।


ललितपुरको पुल्चोक, नटोलमा बुधबार शुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उहा“ले सो खा“चो औल्याउनुभएको हो । उहा“ले भन्नुभयो ‘ सरकारको आफ्नो स्रोत, वैदेशिक लगानी र निजी क्षेत्रको लगानीसंगै जनतामा रहेका स–साना पु“जी संकलन गरेर गरिने लगानीलाई उच्च प्राथमिकता दिनुपर्दछ ।’


उहा“ले ठूल–ठूला उद्योग, कलकारखानाको स्थापना, जलविद्युत निर्माण, व्यवसायिक तथा आधुनिक कृषि प्रणालीको विकास, पर्यटनको व्यवसायीकरण र पूर्वाधार निर्माणलाई तीब्रता दिनुपर्नेमा पनि जोड दिनुभयो ।


लामो समयदेखि नीतिगत र कानूनी झन्झट, ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार जस्ता समस्याहरुको सामना गर्दै आएका बताउ“दै उपराष्ट्रपति पुनःले भन्नुभयो ‘समृद्धि हासिल गर्ने लक्ष्य लिएका हामीलाई अनियमितता र भ्रष्टाचार जस्ता समस्याहरु चुनौती बनेको देखिन्छ ।’ 


विकास र समृद्धिको शत्रुको रुपमा रहेको भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि आ–आफ्नो ठाउ“बाट निरन्तर पहल कदमी र सक्रिय भूमिका निर्वाह गर्न पनि उहा“ले ध्यनाकर्षण गराउनुभयो ।


सुखी नेपाली र समृद्ध नेपालको नारालाई यर्थाथ रुप दिन स्पष्ट योजना, दृढ् इच्छाशक्ति र कडा मेहनतको खा“चो पनि उपराष्ट्रपति पुनःले औल्याउनुभयो ।


सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्ला  राजधानीसंगै जोडिएको जिल्ला भएपनि आर्थिक विकास र पूर्वाधारको दृष्टिले पछाडि परेको बताउनुभयो ।


 सरकारले हालै सम्पन्न लगानी सम्मेलनमा सोकेसमा प्रस्तुत गरेका ७७ वटा परियोजनामा ललितपुरको एउटा पनि परियोजना नपरेको उल्लेख गर्दै संघका अध्यक्ष महर्जनले भन्नुभयो ‘ ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि पर्यटकीय पूर्वाधार, होटेल, केबुलकार, साहसिक पर्यटन, हस्तकला क्षेत्रमा लगानीका लागि थुप्रै परियोजनाहरु अघि सार्न सक्थ्यौं ।ललितपुरको एउटा पनि परियोजना नहुनु मुलुककै लागि दुर्भाग्यपूर्ण छ । ’


सिहदरबारको नजरमा ललितपुर संधै जस्तो यसपटक पनि ओझेलमा परेको पनि अध्यक्ष महर्जनको भनाई रहेको छ ।


सो अवसरमा अध्यक्ष महर्जनले भिमसेन मन्दिर पुननिर्माणका लागि स्रोत जुटाउने क्रममा रहेकोले सो कार्यका लागि आवश्यक सहयोग गर्न पनि आग्रह गर्नुभयो । सो मन्दिर पुनःनिर्माणका लागि ५ करोड रुपैया“ लाग्ने संघले जनाएको छ ।


संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले हस्तकला क्षेत्रमा संकटमा परिरहेको समयमा वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरिएको उल्लेख गर्दै घोषणा अनुरुप ललितपुर महानगरपालिकाले ठोस काम गर्नुपर्नेमा महानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।


सो अवसरमा ललितपुर उद्योग वाणिज्य महासंघका उपाध्यक्षका किशोर प्रधान, ललितपुर क्ष्ँेत्र नं ३ का सांसद पम्फा भुसाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र संघका महासचिव मनोजबहादुर न्याछ्योले लगायतले लगानीमैत्री वातावरण बनाउन मेला सहयोगीमा रहेकोमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो ।


१ सय मध्ये चार देशका ३० वटा स्टल


मेलामा मेलामा करिब १ सय वटा स्टलहरु रहेको छ । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको उत्पादित लत्ताकपडा, दैनिक उपयोगी  र सज्जावटका गरी ३० वटा स्टल रहेका छन् । त्यसैगरी नेपाली हस्तकलाका सामग्री, धातुकला लत्ताकपडा, पस्मिना, लगायत ७० वटा स्टल रहेका छन् ।विभिन्न महिला समूहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन र बिक्री विक्री वितरणका लागि राखिएको छ ।


संघको ५२ औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिनुभयो ।


पा“च दिनसम्म चल्ने सो मेला हरेक दिन सांस्कृतिक कार्यक्रम हुने छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD