१५ बैशाख २०८१, शनिबार
Header

दोस्रो चरणको राहत लिन सरकारको यस्तो नियम


प्रकाशित: विहिवार, १८ बैशाख २०७७, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले लकडाउनबाट प्रभावित प्रभावित विपन्न तथा मजदुर परिवारलाई राहत दिन नयाँ नियम ल्याएको छ ।


असंगठित क्षेत्रका कामविहिन भएकाहरुलाई अव काम लगाएर मात्र राहत दिने भएको छ । काम नगर्नेहरुको हकमा भने काम गर्नेहरुले पाउने राहतको २५ प्रतिशत मात्र पाउनेछन ।


दोस्रो चरणको राहत प्याकेज अन्तर्गत सरकारले असंगठित क्षेत्रका रोजगारविहीन मजदुरहरुलाई स्थानीय तह, प्रदेश वा संघीय सरकारबाट सम्पादन हुने सार्वजनिक काममा लगाउने योजना अघि सारेको हो । 


स्थानीय तहले असंगठित क्षेत्रमा मजदुरलाई राहत दिँदा मापदण्ड अनुसार ज्याला दर तोकेर मात्र वितरण गर्नेछ । राहत माग गर्ने परिवार सम्बन्धित स्थानीय तहको रोजगार केन्द्रमा सूचीकृत हुनुपर्नेछ ।


सरकारले भनेअनुसार काममा नआउने र काम गर्न नचाहनेलाई काममा आउनेहरुले पाउने ज्याला वा खाद्यान्नको २५ प्रतिशत मात्रै उपलब्ध गराइनेछ ।


राहत दावी गर्नेले आफ्नो परिवारमा कोही पनि स्वरोजगार नरहेको, औपचारिक रोजगारीमा नरहेको र आयआर्जजनको वैकल्पिक स्रोत नभएको स्वघोषणा गर्नुपर्नेछ ।


स्वघोषणा झठा सरकारी बाँकी सरह असुलउपर गर्ने र राहत दिन योग्य भनेर सिफारिस गर्ने वडाध्यक्ष र वडा सदस्यलाई कारवाही गर्ने निर्णय पनि भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD