२९ बैशाख २०८१, शनिबार
Header

दोश्रो हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय चेस प्रतियोगिता बिजेताले २५ हजार पाउने


प्रकाशित: मंगलवार, २४ फागुन २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा दोश्रो हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय चेस प्रतियोगिताको शुभारम्भ भएको छ । 


अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलवार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा सासा इभेन्ट भेन्यू विशाल बजारमा सो प्रतियोगिताको उद्घाटन गरिएको हो । 


प्रतियोगितामा जम्मा ७ राउण्डमा खेल हुने आयोजकले जनाएको छ । विजेताले नगद २५ हजार पुरस्कार प्राप्त गर्नु हुनेछ भने दोश्रोदेखि पाँचौं हुनेले क्रमशः १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगदका साथै प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नुहुनेछ । 


यसैगरी यू१६, यू१४, यू १२, इएलओ १०००–१२९९, इएलओ १३००–१४९९ र अनरेटेड खेलाडी उत्कृष्ट खेलाडीले जनही २ हजार नगद पुरस्कार प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।

 


पहिलो र दोश्रो चरण आजै सम्पन्न हुने प्रतियोगिताको समापन यही फागुन २६ गते बिहीवार गरिने भएको छ ।


बागमती प्रदेश बुद्धिचाल संघका प्रमुख सल्लाहकार अमृतचन्द्र श्रेष्ठकी आमाको नाममा यो प्रतियोगिता आयोजना भइरहेको हो ।


संघका अध्यक्ष नारायण श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्वय विदुर गौतम र नारायणदास गमालको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा जम्मा २६ जना खेलाडीहरुले सहभागिता जनाएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD