२ आषाढ २०८२, सोमबार
Header

दोश्रो वडा अध्यक्ष फुटबल कप गोदावरीको पहिलो खेलमा एकता एकेडमी विजयी


प्रकाशित: विहिवार, १५ जेठ २०८२, २०ः५४ बजे
- महानगरखवर

काठमाडौं । दोस्रो वडा अध्यक्ष फुटवल कप गोदावरी– १२ को आज गणतन्त्र दिवसका दिन भएको पहिलो खेलमा महिला तर्फमा एकता एकेडमी बिजयी भएको छ । 


एकता एकेडमीले इन्द्रेणी स्कुललाई १–० अन्तरले हराए एकता एकेडमी बिजय भएको छ । 

 


त्यसैगरी, दोश्रो चरणको पुरुष तर्फको खेलमा सरस्वती माध्यमिक बिधालयले १–० ले सेन्ट पल लाई हराउँदै सरस्वतीले जीत हासिल गरेको छ ।  


महिला तर्फको फेरि अर्को खेलमा पनि सोमाङ एकेडेमीलाई ४–१ गोलले हराउदै सरस्वती बिजय भएको आयोजकले बताएको छ । 

 


एकता एकेडेमीका प्रनिशा लोहारको १ गोल नै निर्णायक गोल साबित भै लोहार बनिन प्लयेर अफ द म्याच घोषित हुन सफल भए । 


बिश्वास चेपाङले सरस्वतीका लगि १गोल गर्दा सेन्ट पललाई स्तब्ध पार्दै उत्कृष्ट खेलाडी बने ।  

 


महिला तर्फ सरस्वती स्कुल बिजय गराउन रेजिना नापित १ गोल, गुणुमाया खड्का ले २ गोल गरिन भने अप्सरा नेपालिको पनि १ गोलको योग्दान रहेको थियो। 


उक्त खेलमा २ गोल गरी प्लयेर अफ द म्याच बन्न सफल बनिन गुणु खड्का ।  

 


सोमाङ को तर्फ लक्ष्मी रोकायले १ गोल गरेकी थिइन । अर्को पुरुष तर्फ को खेलमा इन्द्रेणी सेकेन्डरी स्कुलले बाल अंकुरलाई ३–० ले हराउदै अर्को यात्रा तय गरेको छ । सफिक महर्जन, निब्रन महर्जन र समिल कपाली को सम्मान १–१ गोल गर्दा निब्रन बने प्ल्येर अफ द म्याच ।

 

 


तस्वीरहरुः नवराज कुवँर/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex