११ भाद्र २०८३, बिहिबार
Header

दोश्रो चरणको चक्रपथ विस्तार सुरु


प्रकाशित: विहिवार, ३० असोज २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । चिनिया सरकारको सहयोगमा चक्रपथ सडक विस्तारको काम सुरु भएको छ । 


चक्रपथ विस्तारको क्रममा स्वयम्भू गेटमा रहेको ठुलो बुद्धको मुर्ति हटाउनु पर्ने भएको सेतोपाटीडटकममा प्रकाशित समाचारमा उल्लेख छ । 


कंलकीदेखि महराजगञ्जसम्मको ८.५ किलोमिटरको सडक ८ लेनमा विस्तार गर्ने काम चिनिया कम्पनीले सुरु गरेको हो । 


यस अघि पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म ८ लेनमा विस्तार गरेको थियो । 


त्यसैगरी चक्रपथ विस्तारको क्रममा बालाजु नयाँ बजार चोकमा ओभरपास तथा महाराजगञ्ज चोकमा अण्डरपास बनाउने गरी प्रस्ताव गरिने भएको छ । 


विभागले कलंकीदेखि महाराजगञ्जबाट पनि बढाएर गोपीकृष्णसम्म विस्तार गर्ने प्रस्ताव पनि गर्ने बताएको छ ।


विभागका अनुसार अहिले कलंकीबाट रूख काट्ने काम सुरू भएको छ र यो क्रम ३/४ महिनासम्म चल्ने छ ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex