६ बैशाख २०८१, बिहिबार
Header

दोलखाका ५ स्थानीय तहलाई एम्बुलेन्स


प्रकाशित: सोमबार, २४ मंसिर २०७५, ०९ः२४ बजे
- महानगरखबर

काठमाडौं । दोलखा जिल्लाको ५ स्थानीय तहलाई नेपाली कांग्रेसका नेता एंव सङ्घीय सांसद जिपछिरिङ लामाले एम्बुलेन्स हस्तान्तरण गरेका छन् । 


लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक – एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो । 


ग्रामीण क्षेत्रका विरामीलाई सहस यातायातको सुविधाको लािग सो एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले एक कार्यक्रमविच बताए । 


उनले एम्बुलेन्स खरीदमा आफू सांसद भएपश्चात्को तलबभत्ता रकम खर्च गरेको बताए । 


समाजसेवी एवं सांसद लामाले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको तेङ्मा दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD