५ भाद्र २०८३, शुक्रबार
Header

दैनिक ५० जनाको राष्ट्रिय परिचय पत्र फारम भरिदैः न्हुच्छेकाजी महर्जन


प्रकाशित: मंगलवार, २४ माघ २०७९, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १८ मा दैनिक ५० जनाको राष्ट्रिय परिचय पत्रको लागि फारम भर्ने गरिएको बताएको छ ।  


वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनले परिचयपत्र फारम भर्ने समय ३ महिनासम्म चल्ने भएकोले दैनिक सो कोटामा फारम भर्ने र फोटो खिच्ने कार्य भईरहेको जानकारी दिए । 


विहान ११ बजेदेखि ३ बजेसम्म वडाले तोकेको कागजातहरु लिएर आउन वडावासीलाई वडा अध्यक्ष महर्जनले अनुरोध समेत गरेका छन । 


वडा अध्यक्ष महर्जनका अनुसार परिचय पत्र लिन आउनेहरुलाई आवश्यक कागज अन्तर्गत कर तिरेको कागजात पनि ल्याउने माग गरिएको भए महानगरकोे करबृद्धि हुने प्रस्ताव आफूले प्रमुख प्रशासकिय अधिकृत समक्ष राखेको पनि बताए । 


वडा १८ ले माघ १८ गतेदेखिनै परिचय पत्र बनानाउने काम सुरु गरेको महिला वडा सदस्य शोभा महर्जनले जानकारी दिइन ।

 


सदस्य महर्जनका अुनसार परिचयपत्रको लागि  नागरिकता सक्कल,, बिबाहितको हकमा बिबाह दर्ता प्रमाणपत्र, अन्यत्र बाट आएको भए बसाइ सराइ, जन्म मिति नखुलेको हकमा जन्म मिति खुलेको कागज चाहिने छ । 


नागरिकता यदि झुत्रो, केरकार भएमा नागरिकताको प्रतिलिपी बनाएर मात्र आउनु समेत अनुरोध गरिएको उनले बताईन । 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex