२८ आश्विन २०८३, बुधबार
Header

देशभरका जग्ग्गा कब्जाको अवस्था डरलाग्दो


प्रकाशित: सोमबार, ६ जेठ २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । देशभरभरको जग्गा कब्जाको अवस्था डरलाग्दो भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख नविनकुमार घिमिरेले बताएका छन । 


प्रमुख घिमिरेका अनुसार आयोगले बालुटारको जग्गा कब्जा प्रकरण र जुम्लाको गुठीचौरस्थित ५९० रोपनीको जग्गा मालपोत अधिृतको परिवारको नाममा भएको विषयमा सुक्ष्म अनुसन्धान बढाएको छ । 


१ हजार ८४८ ठेक्का र १२० जना कर्मचारीको सम्पत्तिसमेत छानविन गरिरहेको जानकारी उनले दिए ।


गुठिचौरस्थित राष्ट्रिय भेंडाबाख्रा अनुसन्धान केन्द्रको ५९० रोपनी जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले श्रीमती, छोरीसहित १४ जना नातागोताको नाममा पास गराएको सामाचारले जग्गा कब्जाको अवस्था कति गम्भिर रहेको भन्ने कुरा प्रष्ट पारेको प्रमुख आयुक्त घिमिरेको भनाई छ ।  


हेटौडमा आईतवार आयोजित एक कार्यक्रममलाई सम्बोधन गर्ने क्रममा घिमिरेले अख्तियारले देशभरका १ हजार ८४८ ठेक्काको विषयमा पनि अनुसन्धान गरिरहेको जानकारी दिएका छन ।  


घिमिरेका अनुसार कब्जा भएको जग्गामा सम्पतिको विश्लेषण गर्ने हो भने एक खर्ब ४८ अर्ब रुपैयाँ सरकारी पुँजी व्यवसायीको हातमा रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex