१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत 


प्रकाशित: शुक्रवार, ८ चैत्र २०७५, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पार्टी नीति तथा कार्यक्रम मस्यौदा समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले अहिले देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच धु्रविकृत हुँदै गएको बताएको छ । 


उनले उक्त कुरा पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको आयोजनामा भक्तपुरको सूर्यविनायकमा भएको कार्यशाला गोष्ठीमा समापन मन्तव्य दिंदै बताएको हो ।


संयोजक श्रेष्ठले सङ्घीय समाजवाद प्राप्तिका लागि नेपालको बाटो कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको दस्तावेज मस्यौदाका लागि पार्टी नीति निर्माणमा जिम्मेवार पार्टीका केन्द्रीय विभागहरू तथा संयन्त्रका प्रतिनिधिहरूबिच सङ्क्षिप्त अवधारणा सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । 


उनले दस्तावेज मस्यौदापूर्वको कार्यशालाले दस्तावेजप्रति कार्यकर्ताहरूको अपनत्व हुने बताए ।


नेता श्रेष्ठले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीले पनि समाजवादकै कुरा गरिरहेको सन्दर्भमा सङ्घीय समजवाद तिनीहरूको भन्दा के के कुरा फरक छ भन्ने कुरा स्पष्ट आउनुपर्ने र ती पार्टीहरूको विचारको समायोजन जस्तो हुन नहुने सहभागीहरूको सुझावलाई दस्तावेज मस्यौदा गर्दा ध्यान दिने बताए । 


उनले भने, ‘सङ्घीय समाजवाद सङ्घीय शासन प्रणालीमा आधारित समाजवादी लोकतन्त्र र समाजवादी अर्थतन्त्र हो । यो नेपाली समाज परिवर्तनको मौलिक बाटो हो ।’ 


कार्यशालामा दस्तावेज मस्यौदा समितिका सदस्यहरू तथा केन्द्रिय विभाग र संयन्त्रका प्रतिनिधिहरू गरी ५४ जना उपस्थित थिए । 


कार्यशालामा राजनीतिक नीति, आर्थिक नीति, सामाजिक तथा साँस्कृतिक नीति तथा परराष्ट्र लगायतका विविध नीति गरी ४ समूहमा विभाजित भई कार्यपत्रमाथि छलफल भएको थियो । टोली नेताहरूको रूपमा समूह क बाट पदम अधिकारी, समूह ख बाट डा उमाशंकर प्रसाद र छायाँ शर्मा पन्त, समूह ग बाट प्रेम थापा र समूह घ बाट आङ्काजी शेर्पाले सुझाव प्रस्तुत गरेका थिए । समूह छलफलमा सबै प्रतिनिधिहरूले उत्साहका साथ आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex