काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी भागको केही स्थानमा दुई दिनसम्म भारी बर्षा हुने जनाएको छ ।
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै शनिबार र भोलि (आइतबार) बर्षा हुने जनाएको छ । आज दिउँसो देशभरि नै सामान्यतया बदली भईरहन्छ ।
आइतबार दिउँसोको समयमा देशभरि नै बदली रही देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने मध्य र पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ ।
महाशाखाको पछिल्लो मौसम जानकारी अनुसार शनिबार ओखलढुङ्गामा ४६, ताप्लेजुङमा २६, पोखरामा १२, जुम्लामा ११, धनकुटामा छ, डडेल्धुरामा चार र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १.२ मिलिमिटर वर्षा भएको छ ।
आज काठमाडौँको अधिकतम तापक्रम ३०.५ र न्यूनतम ताफक्रम २०.८ डिग्री सेल्सियस रहेको छ ।
Categorized in राष्ट्रिय