२१ बैशाख २०८१, शुक्रबार
Header

देशका विरुद्ध षडयन्त्र भईरहेको छः ओली (भिडियो)


प्रकाशित: शनिवार, ९ मंसिर २०८०, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका विरुद्ध षडयन्त्र भईरहेको बताएका छन ।


शनिवार बसनतपुरमा नेकपा एमाले काठमाडौं महानगर कमिटिले नेपाल संवत् ११४४ को अवसरमा आयोजित न्हुँद भिन्तुना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । 

 


‘हाम्रा देशका विरुद्ध षडयन्त्र भईरहेको छ, हाम्रो देशलाई अस्थिरतामा फसाउने षडयन्त्र भईरहेको छ, हाम्रा जनतालाई पहिचानको नाममा, जातको नाममा, धर्मको नाउँमा अनेक नाममा विभाजित गर्ने प्रयास भइरहेको छ, झगडा लगाउने प्रयास भईरहेको छ ।’ उनले भने । 


अध्यक्ष ओलीले सरकारको कामप्रति टिप्पणी गर्दै अहिलेको सरकारले राम्रो काम गर्न नसकेको बताए । 


उनले भने,‘अराजकता निम्त्याएको छ, अस्थिरतालाई नियन्त्रण गर्ने होइन प्रोत्साहित गरिरहेको छ। समाजमा सुशासन छैन। गुण्डाहरूलाई कारबाही गर्ने होइन, गिरफ्तार गर्ने होइन, प्रहरीले गिरफ्तार र्गयो भने सरकारले छाड्न लगाउँछ, राष्ट्रपतिले गुण्डाहरूलाई छानीछानी माफी दिन्छन्। अर्थतन्त्र ध्वस्त बनाएको छ। तस्करी बढेको बढ्यै छ, ३५ क्विन्टल सुन त अस्ति नै आएको हामीले देख्यौं, जसमध्ये एक क्विन्टल पक्राउ र्पयो, ६० किलोमा र्झयो। साढे नौ किलो इलेक्ट्रिक सिगरेट भन्ने, त्यो पक्राउ र्पयो, अहिले दुई किलो मात्रै छ, त्यसमा कुशासनको चर्चा गरिसाध्य छैन ।’


त्यसको अर्थ लोकतन्त्र खराब, गणतन्त्र खराब भन्ने हुन नसक्ने उनले बताए । 


‘जसले गल्ती गरेको छ, त्यो खराब होला, जसबाट हामी ढुंगे युगतिर फर्कन सक्दैनौं । जन्मँदै कोही राजा हुने त्यो कुरा स्वीकार्न सक्दैनौं ।  एउटा व्यक्ति हुने कुरा, एउटा परिवार हुने कुरा, त्यो कुरा अबको सचेत पुस्ताले, नयाँ पिँढीले स्वीकार गर्न सक्दैन,’ उनले भने । 


अध्यक्ष ओलीले हामीले लडेर, बलिदान दिएर ल्याएको उपलब्धीहरुको रक्षा गर्न हामी सबैले सेचत भएर लाग्नु पर्ने बताए । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD