काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीको आव्हानमा सोमबार गरिएको नेपाल वन्दले देशभरका जनजीवन प्रभावित बन्न पुगेको छ ।
बन्दको अवज्ञा गरेको भन्दै विहानै नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा विप्लव कार्यकताल पेट्रोल बम प्रहार गरी आगजनी गरेका गरेका छन ।
बम प्रहारबाट चालक ३३ बर्षिय अमर विक घाईते भएका छन । तनहुँ ब्यास नगरपालिका वडा ४ बा विकको अनुहार र ढाँडमा आगोले पोलेको छ ।
यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ ।
नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बन्दको कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ ।
मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै फेला परेको बम भने नेपाली सेनाले निस्क्रिय गरिसकेको प्रहरीले बताएको छ ।
त्यसैगी हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको छ ।
त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ ।
उपत्यकामा भने बन्दको आंशिक प्रभाव परेको छ । उपत्यकामा नीजि सवारी साधन गुडेको देखिएपनि सार्वजनिक यात्रुवाहक बस निकै कम संख्यामा गुडेको देखिएको छ ।
आईतबार उपत्यकामा बन्दको पूर्वसन्ध्यमा सुकेधारा, घट्टेकुलो, अनामनगर प्रेसर कुकर बम विस्फोटनमा परि ४ जनाको मृत्यु भईसकेको छ भने अन्य ६ जना घाईते भएका छन ।
घाईतेहरुमा विप्लव माओवादी निकट भ्रातृ संगठन नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन, चन्द्रागिरी–३ का विक्रम लामा र बुद्ध लामा भन्ने आकाश लामा लगायत रहेका छन ।
विस्फोटनमा परि मृत्यु हुनेहरुमा महोत्तरीका ५९ वर्षीय जीवकुमार ठाकुर (सुकेधारा विस्फोट), विद्यार्थी नेता प्रज्वल शाही (घट्टेकुलो विस्फोट) लगायत रहेका छन ।
हिजो नै प्रहरीले कोटेश्वरको नारेफाटबाट ७ जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित नियन्त्रणमा लिएको थियो ।
Categorized in राष्ट्रिय